images

अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा जसपा दर्ता

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर राईको नेतृत्वमा नयाँ दल दर्ता भएको हो । राईले निर्वाचन आयोगमा आइतबार दल दर्ताका लागि आवेदन दिएका थिए ।

उनीहरूको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

जस अन्तर्गत सङ्घीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ,केन्द्रीय अध्यक्षमा अशोक राई,सह अध्यक्षमा रेणु यादव रहेका छन् । त्यसै गरी उपाध्यक्षमा लव किशोर साह सुडी,रणध्वज लिम्बु,परशुराम बस्नेत,सुशीला श्रेष्ठ,रहेका छन् । महासचिवमा मोहम्मद इस्तीयाक राई, उपमहासचिव प्रदीप यादव सचिवमा दीपक कार्की र रञ्जु ठाकुर रहेका छन् भने,कोषाध्यक्षमा वीरेन्द्र महतो रहेका छन् ।