images
images

गायक चीज गुरुङलाई लाग्यो गीत चोरीको आरोप,छाेडेर आए म गीतकाे हुबहु कपी

काठमाडौं–गायक चीज गुरुङले एक महिना अगाडि सार्वजनिक गरेको गीत हावा सरर चोरी गरेर गाएको आरोप लागेको छ । हास्य कलाकार सागर लम्साल उर्फ बलेका बुबा राजेन्द्र लम्साल र नारायण रायमाझीले तीन दशक अघि उक्त गीत रेडियो नेपाल मार्फत रेकर्डिङ गरेका थिए ।

जुन गीत उक्त समयमा निकै चर्चामा रहेको थियो । स्वर्गीय कलाकार राजेन्द्रले गाएको निकै लोकप्रिय गीत छाेडेर आएँ म सङ्गीतको सङ्कलन कृष्ण उजाडले गरेका थिए । उक्त गीत चोरी भएको भन्दै हास्य कलाकार सागर लम्सालले सामाजिक सञ्जाल फेसबुक मार्फत विरोध जनाएका छन् । चीज गुरुङले गीत चोरेको भन्दै उक्त गीत हावा सररलाई हटाउनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन् ।

गुरुङले उक्त गीतलाई हुबहु कपी गर्दै सङ्गीत र शब्द आफ्नो नाम राखेको प्रति आपत्ति जनाएका छन् । चीजले गुरुङ समाजको आडमा धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत बलेले लेखेका छन्,’नयाँ सङ्गीतकारमा सङ्गीत सिर्जनाको कमी हो या पुराना गीतहरूको प्रभाव बढी हो ! करिब एक महिना अगाडी रिलिज भएको गायककार चिज गुरुङको आफ्नै युट्युब च्यानलमा राखिएको हावा सरर बोलको गीतको सङ्गीत मेरो बुवा राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाउनुभएको तथा कृष्ण उजाड पौडेलले सङ्गीत गर्नुभएको गीत छोडेर आए म सँग हुबहु मिल्दो देखियो।’
हेर्नुहोस् लम्सालले लेखेको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS