images
images
images

जसपा गठनप्रति उपेन्द्र यादव अदालत जाने

काठमाडौं–जनता समाजवादी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल विभाजन गरेर बनेको नयाँ पार्टी जसपा अवैधानिक भएको बताएका छन् । उनले उक्त दल गठन विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उनले यस विरुद्ध अदालत जाने समेत बताएका हुन् ।

उनले भने, यो सरकार बनेदेखि कांग्रेसका कसैसँग भेट समेत भएको छैन । यो सरकार ढालेर अर्को सरकार बनाउँदै छ भन्ने अत्यन्त कपोलकल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन, उनले भने, ‘जुन हौवा फिँजाइयो, प्रधानमन्त्रीलाई पनि त्यो भ्रममा पारेको भन्ने बुझियो ।’

उनले आफू देश बाहिर रहेको बेला दल फुटाउन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको बताउँदै आफ्नो दलले सरकारलाई समर्थन जारी राख्ने समेत स्पष्ट पारे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS