images
images
images

कोशीमा नयाँ सरकार गठनका लागि आव्हान

काठमाडौं- कोशी प्रदेश सरकारको विवाद चुलिँदै गएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले केदार कार्कीको सरकारलाई अवैधानिक भन्दै दुई दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कोसीमा मुख्यमन्त्री केदार कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबिच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

२६ चैतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

No description available.

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS