images

भारतमा आम निर्वाचनको तेस्रो चरणमा मतदान जारी

एजेन्सी– भारतमा तेस्रो चरणको निर्वाचनको मतदान सुरु भएको छ । ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा फैलिएका ९३ निर्वाचन क्षेत्रहरूमध्ये, लाखौँ मतदाताहरूले मतदान केन्द्रहरूमा लाइन बसेर मतदान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिमी सहर अहमदाबादमा मतदान गरेका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार आम निर्वाचनको दोस्रो चरणमा ६६।७१ प्रतिशत मतदान भएको थियो । भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्य तालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ । चौथो चरण मे १३ मा सुरु हुनेछ ।

त्यसपछि मे २० मा पाँचौँ चरण, मे २५ मा छैटौँ चरण र जुन १ मा अन्तिम चरण हुनेछ । मतगणना जुन ४ मा हुनेछ ।