
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हैसियत नभएका पार्टीलाई प्रधानमन्त्री बाँड्दै हिँडेको आरोप लगाए । शुक्रवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस अघि कांग्रेस सदन अवरुद्ध पारेको र आज के गर्छ भनेर हेर्ने बताए ।
उनले भने,’आज नेपाली कांग्रेसले के गर्छ हेर्नुपर्छ, ? प्रधानमन्त्री बनिदेऊ भनेर रन्थनिएको छ । राष्ट्रिय हैसियत नभएका पार्टीलाई प्रधानमन्त्री बाँड्दै हिँड्यो उनले भने,हामी जो भेटायो त्यसलाई प्रधानमन्त्री अफर गर्दैनौँ ।’
उनले रवी लामिछानेका बारेमा कांग्रेसले प्रश्न उठाएको तर सदनबाट जवाफ दिन्छु भनेर भन्दा बोल्न नदिएको आरोप लगाए । उनले कांग्रेसले आफूलाई अनुचित क्रियाकलापमा साथ नदिएको भन्दै रवि माथि प्रतिशोध साँधेको बताए ।
उनले कांग्रेस र एमालेले प्रणालीका लागि लडेको भन्दै नमुनाका रूपमा प्रस्तुत हुनुपर्ने भनेर सर्वदलीय बैठकमा भनेको स्मरण गरे । उनले कांग्रेसले प्रश्न उठाउने बोल्न नदिने कस्तो कुरा हो भन्दै प्रश्न गरे । साथै उनले कांग्रेस सरकारमा बस्न नपाएको आक्रोश कुण्ठा हो कि भन्दै आशङ्का व्यक्त गरे ।