images

अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३३० नाघ्यो

एजेन्सी– अफगानिस्तानको बागलान, तखार, बदख्शान र घोर प्रान्तका प्रमुख भागहरूमा वर्षा र अचानक आएको बाढीका कारण ३३० भन्दा बढीको मृत्यु भएको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूले जनाएका छन् ।

संयुक्त राष्ट्र सङ्घको एजेन्सीलेसामाजिक सञ्जालमा उत्तरी बाघलान प्रान्तमा मात्रै ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ हजार भन्दा बढी घर ध्वस्त भएको बताएको छ । डब्ल्युएफपिले उद्धार गरी सुरक्षित स्थानमा सारिएकाहरूलाई फोर्टिफाइड बिस्कुटहरू वितरण गरिएको छ ।

अफगानिस्तानले गत महिनामा भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।