images

कोशीका मुख्यमन्त्री कार्कीले लिने विश्वासको मत कांग्रेसले बहिस्कार गर्ने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिने विश्वासको मत कांग्रेसले बहिस्कार गर्ने भएको छ । मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत बहिस्कार गर्ने भएको हो । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

यही वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको बिहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिस्कार गर्ने जनाइएकाे हो ।