images

मेक्सिको–ग्वाटेमालाको सीमा क्षेत्रमा शक्तिशाली ६.४ परिमाणको भूकम्प

एजेन्सी-मेक्सिको–ग्वाटेमालाको सीमा क्षेत्रमा ६.४ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ ।

एबिसीन्यूजका अनुसार शक्तिशाली भूकम्पले मेक्सिको र ग्वाटेमालाको सिमानालाई हल्लाएको छ भने त्यहाँका बासिन्दाहरू त्रसित भएका छन्।

आइतबार बिहान मेक्सिको र ग्वाटेमालाको सिमानामा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प मेक्सिकोको सीमावर्ती शहर सुचिएट नजिकै बिहान ६ बजे आएको थियो, जहाँ एउटै नामको नदीले दुई देशलाई विभाजन गर्दछ । भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटबाट १० माईल (१६ किलोमिटर) पश्चिम(दक्षिणपश्चिममा ब्रिसास बार्रा डे सुचिएट भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक परिमाण (म्याग्निच्युड) ६.४ र ४७ माइल (७५ किलोमिटर)गहिराईमा थियो।

मेक्सिकोमा तत्काल क्षतिको कुनै विवरण प्राप्त भएको छैन । तर अधिक पहाडी र सीमानाका दुर्गम भागहरू पहिरोको जोखिममा छन्।

सिमानामा ग्वाटेमालाको राष्ट्रिय प्रकोप रोकथाम सँस्थाले क्वेटजाल्टेनाङ्गो क्षेत्रमा राजमार्गहरूमा साना पहिरो र सान मार्कोसको अस्पतालमा पर्खालहरूमा ठूला चिरिएको तस्बिरहरू सामाजिक संजालमा राखिएको छ। अहिले सम्म त्यहाँ मानव क्षति नभएको बताईएको छ ।

सुचिएटका एक अधिकारीका अनुसार उनीहरूले अहिलेसम्म कुनै क्षति फेला नपारेको बताए ।