images

उपेन्द्र यादव नेतृत्व जसपा नेपाल सरकारबाट बाहिरियो

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका यादवले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् राजीनामा पत्र