images

नेप्से परिसूचक २४ दशमलव ३९ अङ्कले बढ्यो

काठमाडौं– साताको दोस्रो कारोबार दिन धितो पत्रको दोस्रो बजारका लगानीकर्ताहरूको आकर्षण वाणिज्य बैङ्कमा देखिएको छ ।

सोमबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वाणिज्य बैङ्क उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने विकास बैङ्क, जलविद्युत, जीवन बिमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ ।

यस दिन वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अङ्क बढेर १९ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नारायणी डेभलपमेन्ट बैङ्क, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सृजनशील लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।