images

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने

काठमाडौं– आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतिकरण गरिने बताइएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने जानकारी गराएका हुन्। उनले राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतिकरण गरिने बताए ।

विद्युत् वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम रहेको उनले उल्लेख गरे । बुढी गण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने पनि भनिएको छ । त्यस्तै, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वक कार्य सम्पन्न गरिने पनि उल्लेख गरिएको छ ।

नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने – ‘आगामी आर्थिक वर्ष भित्र राष्ट्रिय प्रणालीको कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पु¥याइनेछ । सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइने छ । बुढी गण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने छ । दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणपूर्वक कार्य सम्पन्न गरिनेछ । राष्ट्रिय तथा अन्तरदेशिय उच्च क्षमताका विद्युत् प्रसारण लाइनको सुदृढीकरण, बिस्तार एवं स्तरोन्नति गरिनेछ । हेटौँडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिनेछ । बुढी गण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिनेछ । न्यू बुटवल गोरखपुर खण्डको निर्माण कार्य अगाडी बढाइने छ । राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतिकरण गरिने छ । आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिनेछ । विद्युत् वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइनेछ । स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिनेछ ।’

हेटौँडा, ढल्केबर, इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ