images
images
images

ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौं–ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS