
काठमाडौं– हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देश्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोध कार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एक दिने हिमाली जल कार्यशाला आयोजना गरिएको हो ।
आइआइटि रूडकीसँगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज ९नेक० ले आयोजना गरेको कार्यशालामा हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गरिएको छ ।
कार्यशालामा नेकका पूर्व प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कार्यवाहक प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र नेक सिपसएसका निर्देशक प्रा.डा.तुसिता चाँदनी शाहीले कार्यशालामा भाग लिएका थिए ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालयका प्रा।डा। विष्णुप्रसाद पाण्डेले विश्वव्यापी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा घट्ने पानीको मात्रा र यसबाट पर्न जाने दबाब तथा पूर्वाधारको डिजाइनमा पर्ने प्रभावबारे मूल कार्यपत्र पेस गरे । रिफ्रेस नामाकरण गरिएको हिमाली क्षेत्रको पानीको संकटासन्नता सम्बन्धित क्षेत्रीय शोध आयोजनामा नेपाल, भारत र भुटानका शैक्षिक संस्थाहरूको सहभागिता र सहकार्यमा उक्त तीन वर्षीय शोध आयोजना सञ्चालित छ ।
भारतको एनआइएचका प्रा.डा. विशाल सिंहको अध्यक्षतामा भएको कार्यशालाको प्राविधिक सत्रमा आइआइटि रूडकीका प्रा.डा. आशुतोष शर्माले शोध आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने भारतकै विश्वविद्यालयका चार जना विद्यावारिधिका विद्यार्थीहरूले शोध आयोजना अन्तर्गत गरेका प्रगतिहरू प्रस्तुति गरेका थिए ।
कार्यशालाको विज्ञ छलफल (प्यानल डिस्कसन) सत्रमा सिँचाई तथा जलस्रोत विभागका सहसचिव डा. सन्तोष कैनीले जलवायु परिवर्तनले नेपालको सिँचाई आयोजनाहरूमा पर्न सक्ने प्रभाव न्यूनीकरणको लागि चालिएका पाइलाहरूबारे प्रकाश पार्नुभयो । इसिमोडका डा। नीरा श्रेष्ठले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गर्न सक्ने अति विषम परिस्थिति बारे आफ्नो प्रस्तुति दिए ।
नेक सिपसएसका उपप्राध्यापक डा। नारायणप्रसाद कोजूले जलवायु परिवर्तनले नेपाल उच्च हिमाली भेगमा पाइने वन्यजन्तुहरूको वासस्थानमा पर्न जाने नकारात्मक प्रभावहरूबारे जानकारी दिए।
रिफ्रेस शोध आयोजनाले आगामी दुई वर्ष भित्र निश्चित शोध प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्ने जनाइएको छ । हिमाली क्षेत्रको पानीले के कस्तो वातावरणीय सेवा दिने गरेका छन्, जलवायु परिवर्तनले ती वातावरणीय सेवा दिने क्षमतामा कस्तो प्रभाव पार्ने छ, जलवायु परिवर्तनले मनसुनी वर्षा र जलवायु सम्बन्धी विषम परिस्थित सृजनामा कस्तो प्रभाव पर्ने छ र सम्भावित नकारात्मक परिणामहरूलाई समयमै सम्बोधन गर्न के कस्ता नीतिगत तथा कार्यगत सुधारहरू गर्नुपर्दछ भन्ने विषयमा गहिरो अध्ययन गरी नेपाल, भारत र भुटान सरकारलाई सुझाव दिने छ ।
जलवायु परिवर्तन सम्बन्धी आयामहरूको अलग अलग प्रभावहरू भन्दा संयुक्त प्रभाव ठुलो हुन सक्दछ भन्ने आधारभूत अवधारणामा यो शोध आयोजना आधारित छ । कार्यशालाको समन्वय नेक सिपसएसका उपप्राध्यापक प्रतीक सिंह ठकुरीले गरेका थिए ।