images
images

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताएका हुन् ।

उच्च शिक्षालाई विशिष्ट कृत गर्ने र अफ्ठ्यारोमा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाई थियो । उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए । सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्ट कृत गर्ने र अप्ठयारोमा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ ? सम्बन्धित विश्वविद्यालयमा गाभ्ने र एउटा सिस्टममा लैजाने कुरामा अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ । अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु । शिक्षालाई सिपसँग जोडने, सीपलाई श्रम र उत्पादन सँग जोडने काम गर्नु पर्छ । त्यसो नगर्ने हो भने खाली पढाइको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन । ’

सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS