images
images

सत्तासीन दलकै स्वार्थका कारण धितोपत्र बोर्डको अध्यक्ष छान्न सकस !

काठमाडौं– सत्तासीन राजनीतिका कारण धितो पत्र बोर्डको अध्यक्ष छान्नमा सकस देखिएको छ । सर्ट लिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तरवार्तामा अनुपस्थित भएपछि छनोट समितिले बुधवार पुनः वार्ताका लागि तीन जनालाई बोलाएको थियो । तर,बुधवार पनि अनुपस्थिति हुँदा बोर्डको अध्यक्ष छान्न सकस देखिएको छ । पटक पटक अनुपस्थिति हुँदा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना बढेको छ । जसका कारण बोर्डका नीतिगत कार्य व्यवस्थाहरूमा समस्या देखिएको छ ।

५ महिना देखि धितो पत्र बोर्ड नेतृत्वविहीन अवस्था छ । बोर्ड नेतृत्वविहीन भएसँगै महत्त्वपूर्ण कामकाज, धितो पत्र निष्कासन तथा व्यवस्थापन सयौँ नीतिगत व्यवस्थाहरू प्रभावित भएका छन् । पटक पटक धितो पत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्तामा बोलाए पनि उम्मेदवारी अनुपस्थिति हुने गरेका छन् ।

गत आइतबार कार्य योजना प्रस्तुति तथा अन्तरवार्ताका लागि बोलाइएको थियो । तर दुई जना मात्र उपस्थित हुँदा बुधवार पुनः बोलाइएको थियो । अन्ततः बुधवार पनि तीनै जना उम्मेद्वारहरु अनुपस्थित भए । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्ट लिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्य योजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधवार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितो पत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्य योजना प्रस्तुति तथा अन्तर्वार्ता दिएका थिए । सर्ट लिस्टमा परेका मध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका सीईओ कृष्णबहादुर कार्की र बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ अनुपस्थित भएका हुन् । उम्मेदवार अनुपस्थिति हुँदा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै अब रद्द हुने सम्भावना बलियो देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।अध्यक्ष छनोट तथा सिफारिस समितिले अन्तिम तीन जनाको नाम टुङ्गो लगाउन नसक्दा पहिलो चरणको अध्यक्ष छनोट प्रक्रिया बिचमा नै अवरुद्ध हुने सम्भावना समेत बढेको छ ।

धितो पत्र सम्बन्धी ऐन २०६३ अनुसार बोर्डको अध्यक्ष छनोटका लागि समितिले अनिवार्य अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । ऐनको दफा ७ को उपदफा ४ मा स्पष्ट भनिएको छ कि उपदफा ३ बमोजिम समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने हुन्छ । यही व्यवस्थाले गर्दा हालसम्म अघि बढेको अध्यक्ष छनोटका सबै प्रक्रिया रद्द हुने स्थिति बनेको हो । । सर्ट लिस्टमा परेका पाँच जनालाई अन्तर्वार्ताका लागि पटक पटक गरी दुई पटक बोलाउँदा समेत तीन जना अनुपस्थित भएपछि ऐन बमोजिम दुई जनालाई मात्र सिफारिस गर्न नमिल्ने कारण देखाउँदै समितिले पहिलो चरणको अध्यक्ष छनोट प्रक्रिया रद्द गर्ने तयारी गरेको बुझिएको छ ।

तीन जना उम्मेदवारले अन्तरवार्तामा किन अनुपस्थित भएका हुन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन । उम्मेदवारहरूले स्वास्थ्य प्रतिकुलताको कारण देखाउँदै अन्तरवार्तामा अनुपस्थित भएको समितिलाई जानकारी गराए पनि तीनै जना उम्मेदवारले आफ्नो फोन स्वीचअफ गरेर बसेका छन् ।यता, अध्यक्ष रमेश कुमार हमाल आफ्नो तीन वर्षे कार्यकाल पुरा गरेर गत पुस २१ गते बाहिरिएसँगै हालसम्म ९५ महिना बढी० बोर्ड नेतृत्वविहीन अवस्थाबाट गुज्रिरहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS