images
images

कम्युनिस्ट आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाउन आवश्यक छ-उपाध्यक्ष श्रेष्ठ

काठमाडौं–उपप्रधान एवं परराष्ट्र मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताए । उनले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताए । उनले विभिन्न बहानामा प्रतिगामी तत्त्वहरूले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई माथि उठ्न दिनु नहुने बताए ।

उनले भने, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजू अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नै पर्छ । अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाएर अहिलेका उपलब्धिहरू खोस्न चाहने प्रतिगामी तत्त्वहरूलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरूलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS