images

त्रिभुवन विश्वविद्यालयको सभा बैठक स्थगित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सोमबार हुन लागेको त्रिवि सभा बैठक स्थगित गरेको छ ।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले सूचना जारी गर्दै राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको बताएका छन् । कार्यकारी परिषद्को निर्णयअनुसार त्रिवि सभा गर्ने प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सभा गर्ने स्वीकृत गरेको थियो ।

तर सरकार परिवर्तनपछि त्रिवि कुलपति एवम् सभा अध्यक्ष नभएकोले सभा स्थगित भएको हो ।