images

हेरिटेज होटेल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ– काठमाडौँको बत्तीस पुतलीमा रहेको हेरिटेज होटेल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो । निमोनिया र बाथ रोगबाट पीडित उनी २ महिनायता उपचाररत थिइन् । उनी १ छोरी र २ नातिसँगै बस्दै आएकी थिइन् । श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटेल सञ्चालनमा ल्याएकी थिइन् ।

सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन् १९७७ मा द्वारिकाज होटेल दर्ता गरेकी थिइन् । उनी गोर्खा दक्षिण बाहु चौथो, त्रिशक्ति पट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन् ।

महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन् ।