images

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा

काठमाडौँ–विश्वकै सर्वोत्कृष्ट टायरको रूपमा स्थापित योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । शुक्रवार ‘डिलर मिट’मार्फत टायरको ‘लन्च’ गरिएको थियो ।

योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्त्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती साबित हुने बताए । नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको राबी गरेका उनले नेपाललाई विश्व स्तरीय टायर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

अटो पाट्र्स इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरूले सम्मानित महसुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटो मोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए ।

१०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सधैँ उत्कृष्टता दिने गरेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ ।