images

बंगलादेशको संसद विघटन, विपक्षी दलकी नेता खालिदा जिया जेलमुक्त

काठमाडौं । बंगलादेशको संसद विघटन भएको छ । राष्ट्रपति महोमम्द शाहबुद्दिनले बंगलादेशी संसद् मंगलबार विघटन भएको जनाएका हुन् ।

राष्ट्रपति शाहबुद्दिनले गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ ।

आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छोडेकी छन् ।