images

ब्राजिलमा यात्रुवाहक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको साओ पाउलोमा यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।

एयरलाइन्स कम्पनी भोपपासले भिन्हेडो शहरमा दुर्घटनाग्रस्त भएको विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्यहरू सवार रहेको बताएको छ ।

ब्राजिलको क्षेत्रीय एयरलाइन्सको विमान दक्षिणी राज्य परानाको कास्केभेल शहरबाट साओ पाउलोको ग्रारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलको लागि यात्रा गरिरहेको थियो । ६८ यात्रु बोक्न सक्ने क्षमता भएको उक्त विमान क्यापेला डे भिन्हेडोको छिमेकमा रहेका घरहरूमा खसेको थियो ।