images

साउनको अन्तिम सोमवार, शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको अन्तिम सोमवार काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

हिन्दु धर्ममा साउन महिनामा भगवान् शिवको पूजा आराधना गर्ने गर्नाले मनोकामना पूरा हुने विश्वास छ ।

साउनको सोमवार व्रत बसी भगवान् महादेव पूजा, आराधना गरे विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने शास्त्रोक्त कथन छ ।

यस वर्ष साउनमा ४ वटा सोमवार परेका थिए । व्रत बस्नेहरूले अन्तिम सोमबारका दिन व्रत समापन गर्ने गर्दछन् । साउन महिना र सोमबारलाई शिवको प्रिय महिना र बारको रूपमा लिइन्छ ।