images

दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै अन्य अभियोग पनि लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए । सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध किर्ते गर्न नहुने अभियोग लगाउने तयारी गरेको छ ।