images
images

राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्। बिहीबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई राष्ट्रपति पौडेलले महारथी प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा अनुसार द्विवेदीलाई सम्मान गरिएको हो।

पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी मंगलबार काठमाडौं आइपुगेका हु्न्। मानार्थ सम्मानको कार्यक्रम अघि द्विवेदीले प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक भेट गरेका थिए। गत असार १६ मा सेनाध्यक्ष बनेका द्विवेदीको यो पहिलो विदेश भ्रमण हो। नेपालमा रहँदा द्विवेदीले धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने योजना बनाएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS