काठमाडौं । स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीको संयुक्त आयोजनामा बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा प्रेस मिट सम्पन्न भएको छ । कार्यक्रममा नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी प्रदान गरिएको छ । कार्यक्रममा स्नातक, स्नातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा गरिएको छ । जसमा विद्यार्थीहरूले आफ्ना आश्रितहरूलाई पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ । बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रीष्टी बिर्लाले युनिभर्सिटीले विश्वस्तरिय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण, र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन् । स्पाई ओभरसिज, शिक्षा परामर्श क्षेत्रमा स्थापित संस्थाले कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने मुख्य भूमिका खेलेको थियो । विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको थियो । कार्यक्रमले उपस्थित विद्यार्थीहरूलाई प्रवेश प्रक्रिया, छात्रवृत्ति, र शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी समेत प्रदान गरेको छ ।