images

पूर्व मन्त्री पदम राईको निधन

काठमाणडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा शनिबार काठमाण्डौको वीर अस्पतालमा निधन भएको माओवादीका केन्द्रका नेता सुदन किराँतीले जानकारी दिनुभयो ।

भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।