images
images

ट्रम्पविरुद्धको अर्को मुद्दा खारेज

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध सन् २०२० को संघीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमाथि सुनुवाई गर्दै आएका संघीय न्यायाधीशले उक्त मुद्दा खारेज गरिदिएका छन्। अवैध रूपमा सन् २०२० को चुनावलाई उल्टाउन खोजेको र वर्गीकृत दस्तावेजहरु आफूसँग राखेको आरोपमा ट्रम्पमाथि मुद्दा दायर गरिएको थियो। ट्रम्पविरुद्धको दुवै मुद्दालाई संघीय न्यायाधीश तान्या चुटकनले खारेज गरिदिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्पविरुद्ध आपराधिक मुद्दा ल्याएका विशेष अभियोजक ज्याक स्मिथले नै न्याय विभागको नीतिको आधारमा आरोप खारेज गर्न आग्रह गरेका थिए। अमेरिकी न्याय विभागको नीतिअनुसार कुनै व्यक्ति राष्ट्रपतिमा निर्वाचित भए सो व्यक्तिमाथिको अभियोगमा प्रतिबन्ध लगाउने प्रवधान छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS