images

बीपी कोइराला क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

काठमाडौं । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ बाट केमोसहितका ३५ प्रकारका बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । नेपालमा वर्षेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुने गरेका छन् भन्ने अनुमान छ । तीमध्ये आधामात्र उपचारको पहुँचमा आउने गरेका छन् ।