images
images
images

इन्डोनेसियामा बाढीका कारण २० जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको जनाइएको छ। इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका कारो, डेली सर्डाङ, दक्षिण तपानुली र पडाङ लाससहित चार प्रान्तमा आकस्मिक बाढी र पहिरोले असर पारेको मङ्गलबार जनाएको छ।

घटनाको पुष्टि गर्दै एजेन्सीले बाढी पहिरोमा परी दुई जना अझै बेपत्ता रहेको जनाएको छ। पछिल्लो समयमा इन्डोनेसियाले वर्षाको मौसममा चरम मौसमी प्रतिकुलताको श्रृङ्खलाको सामना गरेको छ, भने जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण बारम्बार यस्ता सम्स्याको सामना गर्न बाध्य हुनु परेको जनाएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS