काठमाडौं । सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्रालयको कार्य प्रगतिको विवरणबारे समीक्षा हुनेछ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था र कार्यक्रम कार्यान्वयनको समीक्षा गर्न लागिएको हो । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे राखिएको छ ।
यसअघि यही पुस १० गते साँझका लागि तय गरिको समीक्षा बैठक बस्ने भएको थियो । त्यस दिन बिहान प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल गर्न पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको र पछि मन्त्रिपरिषद् बैठक भएकोले समीक्षा बैठक स्थगित भएको थियो ।