काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । यस बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागि भएका थिए । माइलेज च्याम्पियनमा लोकेश कुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेका थिए ।
यो इभेन्टले केवल बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेका थिए । यस माइलेज च्याम्पियनमा सहभागि चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरे । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित पनि गरेका थिए । पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताउनुभयो । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले बताउनुभएकौ थियो ।