images
images

काठमाडौँ बन्यो विश्वकै सातौ प्रदुषित सहर

काठमाडौँ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स आईक्यूएयरले देखाएको हो । बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १२ः १९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।

उक्त सूचाङकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहुर छ । सो समयमा यहाँको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । यस्तै, दोस्रोमा भारतको दिल्ली छ । यहाँ मात्र ४३७ आईक्यूआई देखिएको छ । यस्तै, क्रमशः इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ ।

वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS