images

काग्रेस नेता प्रकाशशरण महतले हस्ताक्षर गरेको बीआरआई गिजोलियो (अन्तर्वार्ता )

काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. प्रकाशशरण महतका पालामा सन् २०१७ मा चीनको महत्वकांक्षी परियोजना बीआरआईमा हस्ताक्षर भएको हो । त्यो समयमा कांग्रेसले राम्ररी नपढेर बीआरआई कार्यान्वय सम्झौतामा हस्ताक्षर गरेको हो वा अहिले गिजोल्न खोजेको हो बहस शुरु भएको छ ।

गएको सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री भएका बेला सम्झौता भएको बीआरआईलाई अहिले विवादमा ल्याउन खोजिएको परराष्टविद हेमराज कार्कीको भनाइ छ । सन् २०१७ सालमा सम्झौता गर्दा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेको नेपाली कांग्रेसले अहिले बीआरआई सम्झौता फ्रेमवर्क भन्दै आफ्नो मत अगाडि सारेको छ । चीनसँगको कुटनीतिक सम्बन्धमा समेत खलल आउने गरी प्रचार भएको बीआरआई परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपालका लागि चिनियाँ राजदूत छन् सङले समेत असन्तुष्टि जनाएका थिए । तत्कालीन समयमा कांग्रेस नेता समेत रहेका डा. महतले राम्रोसँग अध्ययन नगरी सम्झौतामा हस्ताक्षर गरेका हुन् वा अहिले कांग्रेसले उतिबेलामो सम्झौता लत्याएको हो यसमा कुटनीतिज्ञहरुले आआफ्ना विचार पेश गरिरहेका छन् ।

चीनसँग नेपालको आदिमकालदेखिको सम्बन्ध रहिआएको छ । नेपाल सिमाना जोडिएको देश पनि हो । करिब १५० वटा देशमा आफ्नो व्यापार बिस्तार गर्न चाहेको चीनले नेपालमा पनि यो परियोजना लागू गर्न खोजिरहेको छ । नेपालले यसमा पहिले नै कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरिसकेको छ । बीआरआईले मुलुकको विकासमा राम्रो प्रतिफल दिनसक्ने कुटनीतिक जानकारहरुको भनाइ रहेको छ । एमसीसी लागू गरिसकेको नेपालले त्यो भन्दा पहिले बीआरआईमा हस्ताक्षर गरिसकेको थियो । अहिलेको अवस्थामा चीनसँगको सुमधुर सम्बन्ध कायम गर्दै बीआरआईलाई कार्यान्वयनमा ल्याउनु प्रमुख आवश्यकता हो ।