काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली शिलशिला आचार्य पनि परेकी छन् । बीबीसीले सन् २०२४ को सोमबार प्रकाशित १०० प्रभावशाली महिलाको सूचीमा अटाएकी उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् । हाल अभ्नि सेन्टर फर सस्टेन्एबिलिटीकी निर्देशक रहेकी उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन् । प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्वपूर्ण भूमिका खेलेकी बीबीसीले उल्लेख गरेको छ ।