images
images

कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन्। अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च सतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए। अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ। जसलाई कंगोले महामारीको रुपमा घोषणा गरेको छ। फ्लूसँग मिल्दोजुल्दो लक्षणहरू भएको बताइएको छ। अहिलेसम्म ७१ जनाको ज्यान गएको छ। जसमध्ये २७ जना स्वास्थ्य संस्था र ४४ जना स्थानीय समुदायका छन्। करिब ३०० जना निको भइसकेका छन्।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS