
काठमाण्डौ । आज डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘यौन तथा प्रजनन् स्वास्थ्य अधिकार स् मर्यादित महिनावारी हो आधार’ भन्ने रहेको छ ।
महिनावारी प्राकृतिक अवस्था भए पनि निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् । यस्ता अभ्यासहरूले महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगारलगायतमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै आएको छ ।मर्यादित महिनावारी दिवसको यस वर्ष छैटौँ संस्करण हो । नेपाल सरकारले २०१७ मा मर्यादित महिनावारी नीति २०७४ ९मस्यौदा० तयार गरी काम गरेको छ ।