images
images

पर्सामा लामिछानेको बयान सकियो, आज पोखरा फिर्ता पठाउने तयारी

काठमाण्डौ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग मंगलबार जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको छ ।

सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन । सरकारी वकिलको कार्यालयमा बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमवार बेलुका सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगञ्ज लगिएको थियो । उनलाई आज पोखरा फिर्ता पठाउने तयारी छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS