images

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । आज बिहान दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो । यस्तै प्रहरी मुख्यालयमा पनि छापा मारिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति युन सुक येओलले केही दिनअघि जारी गरेको मार्शल लु पछि छानबिनका क्रममा प्रहरीले छापा मारेको हो । छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा नरहेको खबरमा उल्लेख छ ।

गएको हप्ता राष्ट्रपति येओलले सैनिक शासन लागू गर्ने मार्शल लु जारी गर्नुभएको थियो । तर व्यापक विरोध भएपछि छोटो समयमै उहाँले त्यसलाई फिर्ता लिनुभएको थियो । यही प्रकरणमा सबै जिम्मेवारी आफैंले लिएको भन्दै रक्षमन्त्री किम योङ–ह्युनले राजीनामा दिनुभएको थियो ।