images
images

एडीबीले १ खर्ब ५ अर्ब ६१ करोड सहयोग गर्ने

काठमाडौँ। एसियाली विकास बैंक एडीबीले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे। त्यसअवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS