images
images
images

नेपाली उत्पादन मात्रै किनौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै किन्नुपर्ने बताएका छन्।उद्योगी व्यवसायीहरूसँगको छलफलमा मन्त्री भण्डारीले सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै किन्ने बताएका हुन्। बिहीवार मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनका विषयमा सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरसंवाद गरेको थियो।

मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका, २०८१ संघदेखि स्थानीय तहसम्मै कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको बताए। उनले सरकारले उद्योगी र उत्पादकहरूको श्रमप्रतिको सम्मान गर्ने गरी काम गरिरहेको पनि बताए। उनले सरकारी निकायमा नेपाली सामग्री नै खरिद गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै मन्त्रालय निर्देशिका कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने बताए।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ उक्त निर्देशिका जारी गरेको मन्त्री भण्डारीले बताए। मन्त्री भण्डारीले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, सांसदहरूले पनि नेपाली पोशाक प्रयोग गर्ने बताए तर पोशाक गुणस्तर र मागअनुसार उत्पादन गर्नुपर्नेमा ध्यानाकर्षण गराए। कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारी मात्रै नभई निजी क्षेत्रमा समेत स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS