images
images

मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयातको परीक्षण सुरुआत

काठमाण्डौ । भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात गर्न परीक्षण सुरुआत भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो ।

पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय किलोलिटर र एक हजार किलोलिटर मट्टितेल ल्याएको उहाँले बताउनुभयो । जनवरी १ तारिख अर्थात आउँदो बुधवारदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने तयारी गरे पनि केही दिन ढिला हुने भएको छ ।

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्ज डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई वटा पेट्रोल ट्याङ्क, दुई सय ५ं० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताउनुभयो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS