images
images

पहाडी भेगमा आंशिक बदली, तराईका थोरै ठाउँहरुमा हुस्सु

काठमाण्डौ । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानपख पहाडी भेगहरुमा आंशिक बदली रहेको छ भने तराई र उपत्यकाका थोरै ठाउँहरुमा हुस्सु लागेको छ । दिउँसो र राति सबै ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको तीन दिन पानी पर्ने सम्भावना छैन ।बिहानको समयमा तराई तथा उपत्यकाका केही ठाउँहरुमा हुस्सु लाग्नुका साथै तराईका केही ठाउँहरुमा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS