images
images

रविलाई थुनामै राख्नुपर्ने मागसहित उच्च अदालत पोखरामा निवेदन

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ।

लामिछाने, छविलाल जोशीलगायतलाई धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेश वेरितको रहेको दावीसहित उनीहरूलाई थुनामै राख्नुपर्ने मागसहित उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गरेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

यस्तै,, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS