images
images

सत्तारुढ दलको उच्च स्तरीय संयन्त्रको बैठक बस्दै, अध्यादेशमा देखिएको गतिरोधबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेर बैठक बोलाइएको हो।
बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
कांग्रेस–एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै  गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।
सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा ९दुवै सदन० मा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो।
तर, राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो।
सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले अध्यादेश अस्वीकृतको लागि ५१ प्रस्ताव दर्ता गरेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS