images
images

पूर्वराजालाई प्रचण्डको चेतावनी— अर्को मूर्खता गरे अस्तित्व नै सखाप हुन्छ

काठमाडौं पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला–ठूला गल्ती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मूर्खता गरे अस्तित्व सकिने चेतावनी दिएका छन् ।

पहिले एकपटक मूर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मूर्खता गरे अस्तित्व नै सकिने उनले चेतावनी दिएका हुन् ।

हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी,तराई मधेस जागरण अभियान’का क्रममा आज बिहार मर्निङ वाकपछि गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नु छ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिएका छन् ।

यस्तै प्रचण्डले अब राजसंस्था फर्किन असम्भव रहेको बताउँदै जति हल्लाखल्ला गरिए पनि इतिहासको जग पछाडि फर्काउन नसकिने दाबी गरे ।

अर्को प्रसंगमा प्रचण्डले कुलमान घिसिङले सधैँ घाटामा रहेको संस्था विद्युत् प्राधिकरणलाई नाफामा ल्याएर देशमा लोडसेडिङ अन्त्य गरेको बताए । त्यस्ता मानिसलाई सरकारले हटाउन खोजे नेपाली जनता चुप लागेर नबस्ने उनको प्रतिक्रिया छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS