images
images

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । वुमन्स डे कपमा नेपालले आज हङकङसँग खेल्दै छ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल दिउँसो २ बजे सुरु हुनेछ।

यसअघि आइतबार भएको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि शनिबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। चार देश सम्मिलित प्रतियोगिता डबल राउन्ड रोबिनमा हुनेछ। शीर्ष २ टोली फाइनलका लागि भिड्ने छन्। फाइनल खेल चैत ३ गते हुनेछ ।

नेपालले यस प्रतियोगितालाई सन् २०२६ मा हुने महिला टी–२० विश्वकप क्रिकेट छनोटको तयारीका रूपमा लिएको छ। विश्वकपको एसिया क्षेत्र छनोट आगामी मे मा हुनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS