images
images
images

पूर्वराजाको स्वागतमा एमाले नेता विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाएको खुलासा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरूले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरको पोष्टर देखाएको चौतर्फी चर्चा भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उक्त तस्बिर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको ठोकुवा गरेका छन् ।

लामो समयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर पुगेका उनका समर्थकले आदित्यनाथको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको छ । आदित्यनाथको पोष्टरमा राज संस्था पुनः स्थापना गरौँ भन्ने उल्लेख छ ।

सोही पोस्टरबारे प्रष्टीकरण दिँदै शाहीले उक्त तस्बिर एमाले नेता विष्णु रिमालले घुसपैठ गराएको आरोप लगाएका छन् । शाहीले आज सामाजिक संजालमा प्रष्टीकरण दिँदै लेखेका छन्, ‘ हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु  रिमालले राख्न लगाइएको पाइएको छ । नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि ।’

प्रश्न सोध्दै उनले अगाडि लेख्छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तमा  पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?  माक्स, लेलिन, माओ कुन देशका हुन् ?’

यसअघि आइतबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राष्ट्रवादी महोदयहरूले  र्‍यालीमा प्रयोग गरेका यी २ फोटाहरू भन्दै पूर्व राजा र योगी आदित्यनाथको फोटोलाई सामाजिक संजालमा पोस्ट गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS