images
images

संघीय संसद्अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै

काठमाडौं संघीय संसद्का तीन समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको एका तथा राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभा अर्थ समितिको बैठक बिहान ८ बजे शुरु हुँदै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ। विधायन व्यवस्थापन समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुननिर्माणको प्रगतिको अवस्था बारेमा छलफल हुनेछ । छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई डाकिएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS