images
images

वुमन्स डे कप: नेपालले नामिबियासँग लिगको दोस्रो खेल खेल्दै

काठमाडौं युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्।  नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ।  नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ। तीन खेलमा दुईमा हार एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ।

यसअघि लिगको पहिलो चरणमा भएको भेटमा नेपाल नामिबियासँग विकेटले पराजित भएको थियो। नेपाल युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै खेलमा फर्किएको थियो। तर हङकङसंग दुई रनको झिनो हार बेहोर्यो।

युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ। आजै युगान्डा हङकङबीच पनि खेल हुनेछ। फाइनल खेल आइतबार हुनेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS